रौतहटमा खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट, एक महिलाको ज्यान गयो
टुडेपाटी-
रौतहट, असार ४ गते ।
रौतहटमा ग्यास सिलिन्डर बिस्फोट हुँदा एकजनाको ज्यान गएको छ ।
रौतहटको गढीमाई नगरपालिका १ समनपुर खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट भएको हो ।
शनिबार बिहान करिब ८ बजे भान्छा कोठामा खाना पकाउने क्रममा ग्यास सिलिन्डर बिस्फोट हुँदा स्थानीय बली सहनीकी ७० वर्षीया श्रीमती जसोधिया देवीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको घटनास्थलमै मृत्युु भएको स्थानीयले बताएका छन् ।
घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
Sponsored