TodayPati

लकडाउनका कारण मोनाष्टिक विद्यालयद्वारा अनलाइन कक्षा सुरु

टुडेपाटी-
जनकपुरधाम, वैशाख ४ गते ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण जनकपुरधामका मोनाष्टिक आवासीय उच्च माध्यमिक विद्यालयले अनलाइन कक्षा सुरु गरेको छ ।

सरकारको निर्देशन अनुसार कोरोना भाइरस(कोभिड-१९) का कारण स्थगित माध्यमिक शिक्षा परीक्षा(एसईई) परीक्षाको तयारी तथा आधारभूत र माध्यमिक तहका अन्य कक्षाहरूको तयारी गरी घरमै बसेका विद्यार्थीहरूले सम्बन्धित विषयमा आइपरेका समस्याहरुलाई समाधान गर्न अनलाइन कक्षा सुरु गरेको मोनाष्टिक विद्यालयका संस्थापक प्रबन्धक निर्देशक डा. सोनुकुमार साहले जानकारी दिए ।

अनलाइन कक्षा ‘नानीबाबुको घरघरमा शिक्षक’ भन्ने मोनाष्टिक विद्यालयको अभियान अनुरूप विषयगत गुरुहरूमार्फत सुरु भएको संस्थापक प्रबन्धक निर्देशक डा. साहले बताए ।

Sponsored

सरकारले गत चैत ११ गतेदेखि लागू गरेको लकडाउन अवधिमा घरमा बसेका नानीबाबुहरूलाई तथा अभिभावकहरूले उनीहरूको मनोभावना बुझी रचनात्मक कार्यप्रति अभिप्रेरित गर्नुहुनसमेत विद्यालयले अनुरोध छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

3 thoughts on “लकडाउनका कारण मोनाष्टिक विद्यालयद्वारा अनलाइन कक्षा सुरु

  • April 17, 2020 at 4:39 am
    Permalink

    Sir I am the SEE student I want to join in your online class I have some problems in maths, opt maths…

    Reply
  • April 17, 2020 at 5:33 am
    Permalink

    Sir online padhae kasari padhne ma class 10 ko student xu

    Reply
  • April 18, 2020 at 7:58 am
    Permalink

    Sir i m 7 class student i have some problem in math

    Reply

Leave a Reply

Your email address will not be published. Required fields are marked *