TodayPati

मधेश प्रदेश : छिमेकीको कुटाइबाट बृद्धको मृत्यु

टुडेपाटी–
वीरगञ्ज, असार ३ गते ।

छिमेकीको कुटाइबाट पर्सामा एक वृद्धको मृत्यु भएको छ ।

पर्साको पकहाँमैनपुर गाउँपालिका–१ धोरे बस्ने ६५ वर्षीय दशैं महराको छिमेकीको कुटाइबाट मृत्यु भएको हो ।

Sponsored

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार गएराति ११ः२० बजेतिर महरा र छिमेकी महेश राम बिच झगडा भएको थियो । केही दिन अघि महेश रामको घरमा एक पुरूष पसेको विषयमा दुवै घरका महिला सदस्यबीच विवाद भएको थियो । त्यसैमा दशैं र महेश पनि मिसिन पुगेका थिए ।

विवादले उग्र रुप लिएपछि महेशले दशैंको टाउकोमा लाठीले हान्दा बेहोस भएपछि उनलाई उपचारका लागि नारायणी अस्पताल वीरगञ्जमा ल्याइएको थियो । उपचारको क्रममा दशैं महराको गएराति १ बजे मृत्यु भएको हो ।

यता प्रहरीले यसमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ । छिपरमाई गाउँपालिका २ टिहुकीका ३२ वर्षीय अर्जुन राम, महेश रामको श्रीमति ५२ वर्षीया रम्बा देबीलाई पक्राउ गरिएको हो ।

Sponsored

कुटपिट गर्ने महेश राम फरार रहेको र उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *