फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य
टुडेपाटी–
काठमाडौँ, असार २ गते ।
पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल, डिजेल र हवाई इन्धनको भाउ थप बढेको छ।
नेपाल आयल निगमले पाएको मूल्य सूचिअनुसार पेट्रोलमा प्रति लिटर ६ रुपैयाँ ५२ पैसा बढेर २ सय ९ रुपैयाँ २८ पैसा पुगेको छ। डिजेल प्रतिलिटर १९ रुपैयाँ ०३ पैसाले बढेर २ सय २ रुपैयाँ १६ पैसा पुगेको छ।
नेपाल आयल निगमले अहिले पेट्रोल प्रतिलिटर १ सय ७८ रुपैयाँमा बिक्री गरिरहेको छ। एनओसीले पठाएको नयाँ मूल्य अनुसार नेपालमा भाउ नबढाउँदा पेट्रोलमा १५ दिनमै ९५ करोड घाटा लाग्नेछ।
केही समयअघि निगमले पेट्रोल प्रतिलिटर १ सय ८० रुपैयाँमा बिक्री गरिरहेको थियो। जनदबाबपछि सरकारले हाललाई पेट्रोलियम पद्धार्थमा लिँदै आएको १० रुपैयाँ बराबर पुर्वाधार कर हटाएको छ। सोसँगै निगमले पनि पेट्रोलको मूल्य केही दिनलाई घटाएर एक सय ७० रुपैयाँमा बिक्री गरेको थियो। केही समयपछि थप नोक्सानी व्यहोर्न नसक्ने भन्दै मूल्य बढाएर १ सय ७८ रुपैयाँ कायम गरेको हो।
अहिले आएको नयाँ मूल्य सूचीअनुसार बिक्री मूल्य समायोजन गरिसकेको छैन।
Sponsored
त्यस्तै, हाल प्रतिलिटर १ सय ६५ रुपैयाँमा डिजेल बिक्री गरिरहेको एनओसीलाई १५ दिनमै २ अर्ब घाटा लाग्ने अवस्था रहेको उल्लेख छ।