TodayPati

मिटर ब्याजबाट पीडितहरुद्वारा काठमाडौँमा आन्दोलन शुरु

टुडेपाटी–
काठमाडौँ, असार ३ गते ।

मिटर ब्याजबाट पीडितभएकाहरु काठमाडौँमा आन्दोलन शुरु गरेका छन् ।

पैसा लिएर पनि जग्गा कब्जा गरेका साहूप्रति कारबाहीको माग राख्दै नवलपरासीका मिटर ब्याज पीडितले काठमाडौँमा आन्दोलन शुरु गरेका छन्।

Sponsored

जगदीश बानियाँ र सुनिल बानियाँले स्थानीयहरूलाई मिटर ब्याजमा पैसा दिएर २ लाख ऋण दिएबापत १५ लाख रुपैयाँसम्म लिएको भन्दै माइतीघरमा कारबाहीको माग राख्दै स्थानीयहरूले आन्दोलन शुरु गरेका हुन्।

मिटर ब्याज पीडित राजकुमारले साहू जगदीशका दाजुभाइसँग विदेश जानको लागि डेढ लाख रुपैयाँ ऋण लिएर पनि ६ वर्ष विदेश बसेर कमाएको १२ लाख रुपैयाँ दिँदासमेत अझै ऋण चुक्ता नभएको भन्दै पैसा माग्ने गरेको बताए। उनले जग्गा बेचेरसमेत पैसा दिन नसकेकाले न्यायको लागि काठमाडौंमा आएको बताए ।

यस्तै अर्का मिटर व्याज पीडित जयप्रकाश कुर्मी छोरालाई विदेश पठाउनको लागि पैसा आवश्यक भएकाले सुनिल बानियाँसँग १ लाख रुपैयाँ ऋण लिएको बताए।

Sponsored

यस्तै रामसुरत गुप्ताले ऋण लिएको पैसा चुक्ता भयो भनेर तमसुक माग्दासमेत नदिएको बताए।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *