बसले मोटरसाइकलमा ठक्कर दिँदा दुईजना म्यादी प्रहरीको मृत्यु
टुडेपाटी-
झापा, जेठ ११ गते ।
झापामा बसको ठक्करबाट दुईजना म्यादी प्रहरीको मृत्यु भएको छ ।
शिवसताक्षीस्थित धरमपुरमा आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको बसले प्रदेश १–०२०४० प ७१४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जना म्यादी प्रहरीको घटनास्थलमै मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाले मृतक म्यादी प्रहरीको नाम भने सार्वजनिक गरेको छैन।
निर्वाचन सुरक्षामा खटिएर कार्यालयमा फर्किंदै गर्दा उनीहरुलाई बसले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्व आउँदै गरेको बसले ठक्कर दिँदा उनीहरुको मृत्यु भएको हो ।
Sponsored
दुर्घटनापछि बसलाई इलाका प्रहरी कार्यालय झिलझिलेले नियन्त्रणमा लिएको छ। घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।