TodayPati

रुपनीलाई भ्रष्टाचारमुक्त नमूना गाउँपालिका बनाउँछु : अध्यक्ष यादव

शुभ नारायण यादव-
सप्तरी, जेठ ११ गते ।

सप्तरीको रुपनी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष दिनेश कुमार यादवले पालिकालाई भयरहित भ्रष्टाचार मुक्त नमूना बनाउने उदघोष गरेका छन् ।

नवनिर्वाचित जनप्रतिनिधिहरुको सपथ तथा पदभार ग्रहण कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष यादवले जिल्लाकै नमूना रुपनीलाई बनाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

Sponsored

उनले रुपनीमा रहेको मन्दिर , दिनानाथ भर्दि मन्दिरका साथै शनिदेव मन्दिरलाई पर्यटकीय स्थलको रुपमा विकास, जीर्ण बाटोघाटो नाला पाँच पर्ष भित्र पुनरनिर्माण गर्ने प्रतिबद्धता जनाए ।

निजी विघालय जस्तै गाउपालिका भरिका सामुदायिक विघालयहरुमा गुणस्तरीय शिक्षा, युवाहरुको लागि रोजगारका साथै बन्द रहेको गजेन्द्रनारायण सिंह औद्योगितक क्षेत्र सन्चालन गरिने आश्वासन दिए ।

गर्भवतती महिलाहरुको लागि सुत्केरी गराउने सबै वडामा बर्थिङ सेन्टर स्थापना, निमुखा जनताहरुको लागि ५० प्रतिशत अनुदानमा एम्बुलेन्सको व्यवस्था गर्ने प्रतिबद्धता समेत गाउँपालिका अध्यक्षले जनाएका छन् ।

Sponsored

सपथ ग्रहण समारोहमा नवनिर्वाचित पालिकाका जनप्रतिनिधि, प्रशासकीय अधिकृत र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *