TodayPati

एक किशोर विद्यालय भित्र पसेर अन्धाधुन्ध गोली चलाउँदा २१ जनाको मृत्यु

एजेन्सी-
जनकपुरधाम, जेठ ११ गते ।

अमेरिकाको टेक्सासमा एक किशोरले अन्धाधुन्ध गोली चलाउँदा १८ जना बालबालिकासहित २१ जनाको मृत्यु भएको छ ।

मंगलबार टेक्सासस्थित एक विद्यालयभित्र १८ वर्षीय सालभाडोर रामोस नामका किशोर बन्दुकसहित अचानक छिेरेर अन्धाधुन्ध गोली आक्रमण गरेका थिए ।

Sponsored

एकलै गाडीमा बन्दुकसहित विद्यालय प्रवेश गरेर उनले अन्धाधुन्ध गोली चलाउन सुरु गरेका थिए। अनुसन्धाताका अनुसार रामोसले घरबाट बाहिर निस्किनुभन्दा पहिला पनि आफ्नी हजुरआमाको हत्या गरेका थिए।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार प्रहरीको कारबाहीमा आक्रमणकारी पनि मारिएका छन्।

यो घटनामा दुईजना प्रहरी पनि घाइते भएका छन् तर उनीहरुको चोट भने गम्भीर नरहेको प्रहरीले बताएको छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *