सिरहा-कल्याणपुर-मिर्चैया सडक खण्डको बेहाल
टुडेपाटी-
सिरहा, जेठ १० गते ।
सिरहाको मिर्चैया-कल्याणपुर-सिरहा सडक खण्डको अस्था अत्यन्त जीर्ण बनेको छ ।
केहि दिन यता परेको वर्षाले सो सडक खण्डको अवस्था झनै अस्तव्यस्त बनेको छ । यातायात सञ्चालन तथा आउजाउ गर्न सर्वसाधारणले सास्ती भोग्नु परेको छ ।
वर्षौदेखि सो सडकको अवस्था जीर्ण भएपनि सम्बन्धीत निकायले अझैसम्म मर्मत सम्भार एवं पुनुरनिर्माण गर्न चाँसे नदेखाएको स्थानीयको गुनासो छ ।
गएको चैत १ गते तामझामका साथ सिरहा-कल्याणपुर- मिर्चैया सडक खण्ड दुईलेन निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव, जसपा नेता तथा सिरहा ४ का प्रतिनिधिसभा सांसद राजकिशोर यादव र प्रदेशसभा सदस्य सुरेश मण्डले संयुक्त रुपमा शिलान्यास गरेका थिए ।
मिर्चैया–कल्याणपुर–सिरहा सडकखण्ड पहिलो चरणमा ११ मिटर चौडाई र ८. ५ किलोमिटर सडक निर्माण गर्ने जनाएको थियो ।
Sponsored
सो सडकको शिलान्यास भएपनि हालसम्म सो सडक निर्माणको काम सुरु नभएको स्थानीय मोहित कुमार मण्डलले गुनासो गरे ।
सो सडक मर्मत सम्भार समेत समयमा नहुँदा सर्वसाधारणले वर्षा याममा झनै सास्ती भोग्नु परेको उनले दुखेसो पोखे ।
सम्बन्धीत समाचार–