TodayPati

भरतपुर महानगरको मेयरमा पुनः प्रचण्ड पुत्री रेनु दहाला विजयी

टुडेपाटी-
जनकपुरधाम, जेठ १० गते ।

चितवनको भरतपुर महानगरपालिकाको प्रमुखमा माओवादी केन्द्रकी रेनु दाहाल पुनः निर्वाचित भएकी छन् ।

दहाल साढे १२ हजार मतान्तरले नेकपा एमालेका विजय सुवेदीलाई पराजित गर्दै विजयी भएकी हुन् ।

Sponsored

भरतपुरको निवर्तमान मेयर समेत रहेकी रेनुले ५२ हजार ३० मत ल्याएर विजयी हुँदा विजय ३९ हजार ५ सय ८१ मतमा सिमित भए ।

रेनु गठबन्धनबाट साझा उम्मेदवार थिइन् । विजय एमाले राप्रपाबीचको गठबन्धनका उम्मेदवार थिए।

२०७४ मा भएको निर्वाचनमा उनले एमालेकै देवी ज्ञवालीलाई जम्मा २ सय ३ मतान्तरले मात्रै हराएकी थिइन् ।

Sponsored

दोस्रोपटकमा भने रेनु १२ हजार बढीको फराकिलो मतान्तर राख्न सफल भइन् । रेनुका बागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत ल्याए ।

यस्तै उपप्रमुखमा पनि गठबन्धनबाटै नेपाली कांग्रेसका चित्रसेन अधिकारी विजयी भएका छन् ।

अधिकारीले २२ हजार ४ सयको फराकिलो अन्तरले राप्रपाकी हिमला गुरुङलाई पराजित गरेका हुन् । अधिकारीले ५२ हजार ८ सय ३ मत ल्याउदा गुरुङले ३० हजार ६ सय १२ मत पाइन् ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *