TodayPati

जनकपुरधाम : मेयरका स्वतन्त्र उम्मेदवारले पाए चुनाव चिन्ह, कसको कुन ?

टुडेपाटी–
जनकपुरधाम, बैशाख १७ गते ।

जनकपुरधाम उपमहानगरपालिकामा मेयरका लागि स्वतन्त्रबाट उम्मेदवारी दिएका उम्मेदवारहरुले चुनाव चिन्ह पाएका छन् ।

नेपाली कांग्रेसबाट बागी भएर जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका मनोज साहले चुनाव चिन्ह घण्टाघर पाएका छन् ।

Sponsored

यस्तै निर्माण व्यवसायी बलराम महतोले निर्वाचन चिन्ह आम (आँप) पाएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीबाट टिकट पाउने सम्भावना नदेखेपछी एमाले प्रवेश गरेपनि त्यहाँ समेत टिकट नपाएपछि स्वतन्त्रबाट उम्मेदवारी दिएका जानकीराम साहले चुनाव चिन्ह लालटेन पाएका हुन् ।

उम्मेदवारहरुले चुनाव चिन्ह पाइसकेकाले अब चुनाव प्रचार प्रसारलाई तिव्रता दिने बताए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *