TodayPati

जनमत पार्टीका उम्मेदवारमाथि कुटपिट घटनामा हाम्रो कार्यकर्ताको संलग्नता छैन : काँग्रेस

टुडेपाटी-
जनकपुरधाम,बैशाख १७ गते ।

धनुषामा जनमत पार्टीबाट उपमेयर पदकी उम्मेदवादर र तिनका पतिमाथि भएको कुटपिट घटनामा आफ्नो कार्यकर्ताको कुनै संलग्नता नभएको नेपाली काँग्रेसले स्पष्ट पारेको छ ।

शुक्रबार दिउँसो धनुषाको क्षीरेश्वरनाथ नगरपालिकामा जनमत पार्टीबाट उपमेयर पदकी उम्मेदवार विनिता पाठक र उनका पति जितेन्द्र पाठकमाथि कुटपिट भएको थियो ।

Sponsored

जसमा पीडितले आफूलाई स्थानीय काँग्रेस कार्यकर्ता विजय यादवले कुटपिट गरेको आरोप लगाएका थिए ।

सञ्चार माध्यममा सो सम्बन्धी समाचार आएपछि आफ्नो पार्टीको गम्भीर ध्यानाकर्षण भएको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. १० प्रस्टोकीका काँग्रेस वडा कमिटी उपाध्यक्ष शिवशंकर यादवले बताए ।

उनले काँग्रेस कार्यकर्ता सो कुटपिट घटनामा संलग्न नभएको दावी गरेका छन् । कुटपिटमा संलग्न भनिएका विजय यादव काँग्रेस पार्टीको कार्यकर्ता नरहेको स्पष्ट पारेका हुन् ।

Sponsored

‘कुटपिट गरेको भनिएका विजय यादव हाम्रो पार्टीको कार्यकर्ता नै होइनन् । साधारण सदस्य पनि छैनन् । चुनावको बेला हाम्रो पार्टी काँग्रेसलाई बदनाम गर्न पीडितले यस्तो आरोप लगाएभका छन् । यसमा कुनै सत्यता छैन ‘,उपाध्यक्ष यादवले भने ।

धनुषामा जनमत पार्टीबाट उपमेयरकी उम्मेदवार र उनका पति कुटिए

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *