TodayPati

जनकपुरधाम : उपमेयरमा कांग्रेसका बागी उम्मेदवारको चुनाव चिन्ह आपँ, एमालेका ब्याडमिन्टनको कर्क

टुडेपाटी–
जनकपुरधाम, बैशाख १७ गते ।

जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारहरुलाई निर्वाचन अधिकृतले चुनाव चिन्ह दिएका छन् ।

जस अनुसार नेपाली कांग्रेसबाट बागी भएर उपमेयरमा उम्मेदवारी दिएका निर्मल चौधरीले चुनाव चिन्ह आम (आँप) पाएका छन् ।

Sponsored

शनिवार निर्वाचन आयोगले दिएको चुनाव चिन्ह आँप कांग्रेसका बागी उम्मेदवार चौधरीले पाएका हुन् ।

यस्तै नेकपा एमालेबाट बागी भएर उम्मेदवारी दर्ता गराएका उमेश चौधरीले चुनाव चिन्ह ब्याडमिन्टनको कर्क पाएका हुन् ।

एमाले परित्याग गर्दै चौधरीले उपमेयरमा उम्मेदवारी दर्ता गराएका थिए ।

Sponsored

दुबैजनाले अब चुनाव चिन्ह पाइसकेकाले प्रचार प्रसारलाई तिव्रता दिने बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *