TodayPati

एमालेबाट बागी भएर मिथिला नगरपालिकामा उम्मेदवारी दिएका हरिनारायण उम्मेदवारी फिर्ता लिन तयार

टुडेपाटी–
जनकपुरधाम, बैशाख १६ गते ।

नेकपा एमालेबाट टिकट नपाएपछि बागी भएर मिथिला नगरपालिकामा उम्मेदवारी दिएका निवर्तमान प्रमुख हरिनारायण महतोले उम्मेदवारी फिर्ता लिने भएका छन्।

उम्मेदवारी फिर्ता लिने विषयमा छलफल गर्न पार्टीको केन्द्रीय कार्यालयले बोलाएपछि उनले उम्मेदवारी फिर्ता लिने बताएका छन्।

Sponsored

उनले भने, ‘म उम्मेदवारी फिर्ता लिन्छु। पार्टी अध्यक्ष केपी शर्मा ओलीले तपाईंको व्यवस्थापन गर्छु भनेपछि फिर्ता लिने निष्कर्षमा पुगेको हुँ। अहिले काठमाडौंबाट फर्किँदै छु ।’

अन्तिम समयमा एमालेले राजाराम महतोलाई प्रमुखको टिकट दिएपछि महतोले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका थिए।

नेकपा एमाले नगर समितिले हरिनारायण महतोलाई प्रमुखको उम्मेदवारका लागि एकल सिफारिस गरेको थियो । तर, टिकट अन्तिम समयमा राजाराम महतोले पाउन सफल भएका थिए ।

Sponsored

राजाराम पूर्व रियलस्टेट व्यावसायी हुन्। २०७४ को निर्वाचनमा कांग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर उनले चुनाव लडेका थिए।

महतोकै पहलमा राजाराम केही वर्षअगाडि एमालेमा प्रवेश गरेका थिए ।

महतोले टिकट वितरणमा रघुवीर महासेठले चलखेल गरेको आरोप लगाएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *