TodayPati

ज्युँदै व्यक्तिलाई इटाभट्टामा जलाउने आलमको मुद्दा आज पनि हेर्दाहेर्दैमा

टुडेपाटी–
काठमाडोँ, बैशाख १६ गते ।

बम बिस्फोटमा घाइते भएकाहरुलाई ज्युँदै इँटाभट्टामा जलाउने अभियोग मा कारागारमा रहेका नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमविरुद्धको मुद्दा फेरि पनि ‘हेर्दाहेर्दै’मा राखिएको छ।

सुनुवाइ नसकिएपछि न्यायाधीशहरू सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले मुद्दा ‘हेर्दाहेर्दै’ मा राखेको हो।

Sponsored

आलमविरुद्ध विस्फोटक पदार्थ बमसमेतको प्रयोग गरी ज्यान मारेकोसम्बन्धी अभियोग लागेको छ।

जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न दिएको आदेश उच्च अदालत वीरगञ्जले सदर गरेपछि आलम त्यसविरुद्ध सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै निवेदन दिएका थिए।

आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले २०६४ चैत २७ गते आलमले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याई बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको उनीमाथि अभियोग छ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *