TodayPati

मिथिला नगरपालिकामा एमालेबाट बागी निवर्तमान मेयर हरिनारायण उम्मेदवारी फिर्ता लिए

टुडेपाटी-
जनकपुरधाम, बैशाख १६ गते ।

मिथिला नगरपालिकामा नेकपा एमालेबाट बागी उम्मेदवार निवर्तमान मेयर हरिनारायण महतो उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिने विषयमा छलफल गर्न पार्टी केन्द्रीय कार्यालयले बोलाएको थियो ।

उनले शुक्रबार उम्मेदवारी फिर्ता लिएका हुन् ।

Sponsored

‘ पार्टी अध्यक्ष केपी शर्मा ओलीले तपाईंको व्यवस्थापन गर्छु भनेपछि उम्मेदवारी फिर्ता लिने निष्कर्षमा पुगेको हुँ ।’ उनले भने ।

अन्त समयमा एमालेले राजाराम महतोलाई पार्टीले मेयरको टिकट दिएपछि उनले स्वतन्त्र रुपमा मनोनयन दर्ता गराएका थिए ।

नेकपा एमाले नगर समितिबाट हरिनारायण महतोलाई मेयरको   उम्मेदवारको लागि एकल सिफारिस गरेको थियो । तर, टिकट अन्ततः  राजाराम महतोले पाउन सफल भएका थिए ।

Sponsored

राजाराम पूर्व रियलस्टेट व्यावसायी हुन्। २०७४ को निर्वाचनमा काँग्रेसबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवार बनेर उनले चुनाव लडेका थिए। 

जसकाकारण एमालेबाट हरिनारायणलाई जित्न सहज भएको थियो।
राजारामलाई हरिनारायणले नै पहल गरेर केही वर्षअगाडि एमालेमा प्रवेश गराएका थिए। निवर्तमान मेयर हरिनारायण एमालेका केन्द्रीय सदस्य हुन्।

एमाले धनुषा जिल्ला अध्यक्ष रहिसकेका हरिनारायणले टिकट वितरतरणमा रघुवीर महासेठले चलखेल गरेको आरोप लगाएका थिए ।


टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *