मधेश प्रदेश : पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु
टुडेपाटी–
सप्तरी, बैशाख १० गते ।
सप्तरीमा पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु भएको छ ।
जिल्लाको बलान बिहुल गाउँपालिका वडा नं. ५ रामनगर टोल बस्ने रबिन्द्र यादवको ६ वर्षीया छोरी अनुषा कुमारी यादवको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
शुक्रवार दिउँसो सोही स्थानका धर्मनाथ यादवको पोखरीमा नुहाउने क्रममा बालिकाको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए ।
पोखरीमा डुबेर मृत्यु भएको प्रहरीमा जानकारी आएपछि ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीबाट खटेको प्रहरी टोलीले शवको कानुन बमोजिम प्रकृया पुरा गरेको र शवको पोष्ट मार्टम समेत भइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
Sponsored