TodayPati

काँग्रेस धनुषा जिल्ला सभापति पजियार नै मेयरको उम्मेदवारमा भएनन् सिफारिस

टुडेपाटी-
जनकपुरधाम, बैशाख १० गते ।

गुटउपगुटको कारण धनुषा काँग्रेस भित्र तिव्र विवाद चुलिएको छ । जसको कारण जिल्लासभपाति योगेन्द्र पजियार नै मेयरको उम्मेदवार बन्ने प्रतिष्पर्धाबाट आउट भएका छन् ।

उनी धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको उम्मेदवार बन्ने तयारीमा रहेक छन् । यस अघि २०७४ को स्थानीय निर्वाचनमा उनी काँग्रेसबाटै मेयरमा निर्वाचित भएका थिए । पुनः मेयरम चुनाव लड्न राजीनामा समेत दिएका छन् ।
तर उनका नाम कुनै वडाबाट सिफारिस नभएको बताइएको छ ।

Sponsored

वैशाख ८ मा बसेको नगर कमिटीको बैठकबाट मेयरका लागि लालबाबु यादवको नाम बहुमतले सिफारिस गरेको हो । वडा नम्बर १ का वडाध्यक्ष समेत रहेका यादव पार्टीका नगर सभापति हुन् । उनले ६९ सदस्यीय नगर कमिटिमध्ये ४३ जना आफ्नो एकल नाम मेयरका लागि सिफारिस गरेको बताए ।

उनका अनुसार उपमेयरका लागि रचना माथेमा र भावना ढुंगेलको नाम सिफारिस भएको छ । माधेमा गत निर्वाचनमा निर्वाचित उपमेयर हुन् । उनी पुनस् चुनाव लड्न राजीनामा दिइसकेकी छन् ।

मेयरमा सिफारिस भएका नगर सभापति यादव नेता शेखर कोइराला समूहमा छन् । जिल्ला सभापति तथा मेयर पजियार विमलेन्द्र निधी समूहका हुन् । पुनस् मेयरमा लड्न तयारी थालिसकेका पजियारलाई नगर कमिटीले आउट गरेपछि उनी संकटमा परेका छन् ।

Sponsored

पजियारले नगर कमिटीले मेयरका लागि आफ्नो नाम सिफारिस नगरेको कुरा थाहा नभएको बताए ।

यता, नगर कमिटीले उम्मेदवारको सिफारिस क्षेत्र, जिल्ला र प्रदेशमा पठाइसकेको जनाएको छ । प्रदेश कमिटीले जिल्लाको चुनावी कमाण्ड सम्हाल्नुपर्ने भन्दै जिल्ला सभापतिहरुलाई चुनाव नलड्न भनेको छ । यो हिसावले पनि सभापति पजियार यो निर्वाचनमा आउट हुने सम्भावना छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *