जनकपुरधामको मेयरमा उम्मेदवारी दिने सञ्चार उद्यमी बैधनाथ साहको घोषणा
टुडेपाटी–
जनकपुरधाम, बैशाख १० गते ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि सञ्चार उद्यमी बैधनाथ साहले स्वतन्त्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दै साहले आफु स्वतन्त्रबाट मेयरका लागि उम्मेदवारी दिने बताएका छन् ।
बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि आइतवार र सोमबार उम्मेदवारीको समय निर्धारण गरिएको छ ।
सञ्चार उद्यमी साहले आफु १५ वर्षदेखि नगरमा सरसफाईको काम गर्दै आएको भन्दै उनले काठमाडौँ पछि जनकपुरधामलाई दोस्रो पर्यटकीय स्थल बनाउन सकिने बताए । उनले आफु जिते यहाँ रहेको विभिन्न पोखरी, मठमन्दिरलाई सौन्दर्यकरण गर्ने बताए ।
बेरोजगारीको अवस्था समेत रहेकाले युवाहरुलाई यहाँ नै रोजगारी दिने वातावरण निर्माण गर्ने दावी गरे ।
Sponsored
जनकपुरधाममा केबल तथा स्थानीय टिभी सञ्चालन गर्दै आएका साहले आफु सेवक बन्नका लागि उम्मेदवारी दिन लागेको र नजितेपनि आफु सेवक नै भएर यहँ निरन्तर काम गर्ने उनले बताए ।
यस अघि जनकपुरधामको मेयरका लागि निर्माण व्यवसायी बलराम महतो र नेपाली कांग्रेसको नगरसभापतिबाट राजीनामा दिएका मनोज साहले स्वतन्त्र रुपमा मेयरका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।
जनकपुरधामको मेयरका लागि एक दर्जन भन्दा बढी आकांक्षी रहेका छन् ।