TodayPati

मधेश प्रदेश : घुसको रकम सहित हेडमास्टर सहित दुईजना पक्राउ

टुडेपाटी–
जनकपुरधाम, चैत ३० गते ।

रौतहटमा घुसको रकम सहित स्कुलका हेडमास्टर र पसल सञ्चालक पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयबाट खटेको टोलीले श्री बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकहा घिउरा रौतहटका प्रधानाध्यापक राकेश कुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्र कुमार झालाई पक्राउ गरिएको हो ।

Sponsored

बुधवार रौतहटको यमुनामाई गाउँपालिका–४, सरुअठ्ठा स्थित चन्द्रनिगाहपुर गौरबाट दुबैजनालाई नियन्त्रणमा लिइएको हो ।

आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीका अनुसार प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग ३ लाख घुस मागेको सूचनाको आधारमा आयोगको टंगालबाट खटेको टोली पुगेका थिए ।

टंगालबाट खटेको अख्तियारको टोलीले प्रधानाध्यापक ठाकुरसहित सर्जिकल पसलका संचालक झालाई सेवाग्राहीबाट तीन लाख घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ गरेको हो ।

Sponsored

यस सम्बन्धमा थप अनुसन्धान भइरहको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *