TodayPati

धनुषाको हंसपुरकी उपमेयर रेणु झा जसपामा प्रवेश

टुडेपाटी-
जनकपुरधाम, चैत ३० गते ।

धनुषाको हंसपुर नगरपालिकाकी उपमेयर रेणु झा जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेकी छन् ।

मंगलबार उपमेयर झालाई जसपा नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले पार्टीमा स्वागत गरेका हुन् ।

Sponsored

झा तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट उपमेयरमा निर्वाचित भएकी थिइन् । जसपा नेपाल विभाजन हुँदा उपमेयर झाले लोकतान्त्रिक समाजवादी पार्टी नेपाल रोजेकी थिइन् ।

तत्कालिन राजपा नेपालबाटै निर्वाचित हंसपुर नगरपालिकाका मेयरमा रामज्ञान मण्डलसँग लामो समयदेखि असन्तुष्टि रहँदै आएको थियो । स्थानीय तहको निर्वाचन आउन लाग्दा समेत उनलाई लोसपाले बेवास्ता गरेपछि जसपा नेपाल रोजेको बताइएको छ।

जसपा अध्यक्ष यादवले तत्कालिन राजपा नेपालबाट निर्वाचित जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ६ का वडाअध्यक्ष जगरनाथ साहसमेतलाई पार्टीमा प्रवेश गराएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *