TodayPati

मधेश प्रदेश : ३ लाख घुससहित ‘हेडमास्टर’ अख्तियारको फन्दामा

टुडेपाटी
रौतहट, चैत ३० गते ।

तीन लाख रुपैयाँ घुससहित रौतहटबाट एक प्रधानाध्यापक (हेडमास्टर) र सर्जिकलका संचालक अख्तियारको फन्दामा परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको गौर स्थित बिश्वेश्वर प्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय, जोकहा, घिउराका प्रधानाध्यापक राकेशकुमार ठाकुर र दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा छन् ।

Sponsored

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलिले दुबैजनालाई तीनलाख रुपैयाँ घुससहित मंगलबार बिहान पक्राउ गरेको हो ।

प्रधानाध्यापक ठाकुरले करार अवधि थप गर्नका लागि घुस लिएको अख्तियारको आरोप छ ।

उनीहरुलाई रौतहटको यमुनामाई गाउँपालिकाको सरुअठ्ठाबाट रंगेहात पक्राउ गरेको अख्तियारले जनाएको छ ।

Sponsored

दुबैजनामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *