TodayPati

वनस्पतिको संरक्षण समृद्धिको आधार : मुख्यमन्त्री राउत

टुडेपाटी–
जनकपुरधाम, चैत २९ गते ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा पाइने औषधीय गुणले भरिपूर्ण वनस्पतिको संरक्षण समृद्धिको आधार बन्न सक्ने बताएका छन् ।

मंगलवार २३ औं वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाले धनुषाधाम स्थित वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको ठुलो सम्पतिको रुपमा रहेको वनस्पतिको संरक्षण गरेर मगन्य आम्दानी गर्न सकिने बताएका हुन् ।

Sponsored

नेपालमा पाइने जडिबुटीहरुको मांग विदेशमा समेत पर्याप्त मात्रामा रहेपनि संरक्षण हुन नसक्दा त्यतिकै खेर गइ रहेको भन्दै उनले प्रदेशको एकमात्र वनस्पति उद्यानको संरक्षण आवश्यक रहेको बताए ।

धनुषाधाम संरक्षित वनक्षेत्र संग जोडिएको वनस्पति उद्यान पर्यटकीय विकासमा समेत टेवा पु¥याउने सम्भावना बोकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले उद्यान संघीय सरकार मातहत रहेपनि विकासमा प्रदेश सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाए ।

वनस्पति अनुसन्धान केन्द्रका प्रमुख ताहिर हुसेनको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रदेश सभा सदस्य राम अशिष यादव सहितका वक्ताहरुले वनस्पतिको उपयोगिता बारे प्रकाश पारेका ििथए ।

Sponsored

धनुषाधाम वनस्पति उद्यानमा अहिले २ सय ७६ प्रजातिका वनस्पतिहरु रहेको जनाइएको हो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *