जनलोकपाल अयोगले काम नगरेको भन्दै सांसद यादवद्वारा आलोचना
टुडेपाटी–
जनकपुरधाम, चैत २९ ।
मधेश प्रदेश सरकारले संघ सरकारलाई काउन्टर दिँदै प्रदेश सरकारले स्थापना गरेको प्रदेश जनलोकपाल आयोगको काम प्रति सत्ताघटक दलकै सांसदले आपत्ति जनाएकी छिन् ।
नेकपा एसकी सांसद मञ्जु यादवले मधेश प्रदेश सरकारले गठन गरेको जनलोकपाल आयोगले स्थापना पश्चात कुनै काम गर्न नसकेको भन्दै आपत्ति जनाएकी छिन् ।
मंगलबार बसको प्रदेशसभा बैठकममा बोल्दै उनले विभिन्न ठाउँमा अनियमितता भइरहँदा संघ सरकार अन्तर्गत रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सक्रियता देखाइरहँदा मधेस सरकारले गठन गरेको जनलोकपाल आयोग तलब भत्ता लिने बाहेक अहिलेसम्म केही गर्न नसकेको भन्दै जनलोकपाल आयोगको टिप्पणी गरिन् ।
सांसद यादवले सोमबार घुस सहित मालपोत कार्यालय धनुषाका निमित्त प्रमुख पक्राउ परेको घटनाको चर्चा गर्दै भनिन्, ‘हामीले जनलोकपाल गठन गरेका छौँ । आज कहाँ सुतेको छ, म प्रदेश सरकारसँग सोधन चाहन्छु । विभिन्न ठाउँमा अनियमितता भइरहँदा अख्तियारले सक्रियता देखाइरहँदा जनलोकपाल आयोगले देखाउनु पर्दैन् ? कि तलब भत्ता खानका लागि हामीले गठन गरेका हौँ ।’
प्रदेशसभा बैठक अहिले जारी रहेको छ ।
Sponsored