धनुषामा लोसपाद्वारा थप तीन स्थानीय तहका लागि उम्मेदवारको सिफारिस
टुडेपाटी–
जनकपुरधाम, चैत २९ गते ।
लोकतान्त्रिक समाजवादी पार्टीले धनुषामा थप तीन वटा स्थानीय तहमा उम्मेदवारको टुंगो लगाएको छ ।
आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि लोसपाले धनुषामा ४ वटा स्थानीय तहका लागि ८ जनाको नाम सिफासिरस गरेको छ ।
जिल्लाको एकमात्र जनकपुरधाम उपमहानगरपालिका पाँच र नगराईन नगरपालिका, औरही गाउँपालिका तथा धनौजी गाउँपालिकाका लागि एक÷एक जना उम्मेदवारको नाम सिफारिस भएको लोसपाका जिल्ला अध्यक्ष परमेश्वर साहले जानकारी दिए ।
लोसपा नगर कमिटीले नगराईन नगरपालिकामा मेयरका लागि राजु चौधरीको नाम सिफरिस गरेको हो ।
त्यस्तै धनौजी गाउँपालिकाको अध्यक्षका लागि जिवेन्द्र झा र औरही गाउँपालिकाका लागि अध्यक्षमा प्रमोदकुमार यादवको एकल नाम सिफारिस गरिएको अध्यक्ष साहले जानकारी दिए ।
Sponsored
जनकपुरधाम उपमहानगरपालिकामा भने मेयरका लागि पाँचजनाको नाम सिफारिस गरिएको हो ।
जनकपुरधामका लागि जिल्ला अध्यक्ष एवं प्रदेश सांसद समेत रहेका साह, मनोजकुमार चौधरी, जानकीराम साह, संजय चौधरी र अमर पंजियारको नाम सिफारिस गरेर जिल्ला कमिटीमा पठाइएको हो ।