नेपाल हिन्दु राष्ट्र हो र रहिरहन्छ : शंकराचार्य
टुडेपाटी–
जनकपुरधाम, चैत २७ गते ।
शंकराचार्य स्वामी निश्चालानन्दले नेपाल हिन्दु राष्ट्र रहेकाले कुनै नेताको प्रतिक्षा गर्नुपर्ने आवश्यक्ता नरहेको बताएका छन् ।
आइतवार जानकी मन्दिरमा आयोजित हिन्दु सम्मेलनमा शंकराचार्य निश्चालानन्दले नेपाल सुरक्षित रहे मात्र भारत सुरक्षित रहने भन्दै यी दुई राष्ट्रको सुरक्षाका लागि हिन्दु राष्ट्र कायम हुनुपर्ने आवश्यकता रहेको बताएका हुन् ।
उनले कुनै नेताको आवश्यक्ता नरहेको भन्दै भने, ‘नेपाल हिन्दु राष्ट्र हो र रहिरहन्छ म घोषणा गर्छु ।’
शंकराचार्यले नेपाल र भारतलाई हिन्दु राष्ट्र कायम गरे एक वर्ष भित्र विश्वका १५ वटा देश आफूलाई हिन्दुराष्ट्र कायम गर्ने दावी गरे ।
Sponsored