स्थानीय तहको निर्वाचन नजिकिदा सप्तरीमा पार्टी प्रवेशको लहर शुरु
शुभ नारायण यादव–
सप्तरी, चैत २७ गते ।
सप्तरी सहित मुलुकभर आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा पार्टी प्रवेश तथा परित्याग गर्ने लहर शुरु भएको छ ।
एक पार्टीले स्थानीय तहको निर्वाचनमा टिकट फिक्स नगरेको भन्दै स्थानीय नेताहरु दोस्रो पार्टीमा प्रवेश गर्ने गरेका छन् । सोहि क्रममा सप्तरीको राजगढ़ गाउपालिकाका अध्यक्ष परमानन्द यादवका आफ़नो कांन्छो भाई अशोक कुमार यादव नेपाली कांग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
राजगढ़ गाउँपालिकाको कार्यालय प्राङ्गणमा नेकपा एमालेका सुमन पोखरेलले यादव सहित सयौँ नेता तथा कार्यकर्ताहरुलाई प्रवेश गराएका हुन् ।
यस्तै जिल्लाको राजगढ गाउँपालिकामा विभिन्न पार्टी परित्याग गरि सयौँ नेता तथा कार्यकर्ताहरु लोसपा पार्टीमा प्रवेश गरेको लोसपाका नेता मुसहरु यादवले जानकारी दिए ।
Sponsored