धनुषाको मिथिला नगरपालिकामा एमालेबाट मेयर पदमा पुनः हरिनारायण महतो उम्मेदवार
टुडेपाटी-
जनकपुरधाम, चैत २७ गते ।
अगामी वैशाख ३० गते हुने निर्वाचनका लागि नेकपा एमालले मिथिला नगरपालिकामा मेयर पदको उम्मेदवारको टुंगो लगाएको छ ।
आइतबार बसेको मिथिला नगरपालिका एमालेको नगर कमिटी बैठकले वर्तमान मेयर हरिनारायण महतोलाई पुनः मेयर पदको उम्मेदवारका लागि सर्वसहमति रुपमा निर्णय गरहेको हो ।
बैठकमा मेयर महतो, रामकुमार महतो, राजाराम महतो र लिलादेवी शर्माले लगायत चारजनाले मेयर पदको उम्मेदवारका लागि दावी पेश गरेका थिए । अन्य तीनैजनाले समर्थन गरी आफूलाई मेयर पदको उम्मेदवार बन्न सर्वसहमति निर्णय भएको मेयर महतोले बताए ।
एमालेबाट मेयर पदको उम्मेदवारका लागि सिफारिस भएका महतो एमालेका केन्द्रीय सदस्य समेत हुन् ।
गत २०७४ को निर्वाचनमा एमालेबाट मेयरमा महतो र उपमेयरमा तारा लामा बस्नेत निर्वाचित भएका थिए । गत स्थानीय चुनावमा नेपाली काँग्रेसर र नेकपा माओवादी केन्द्रले तालमेल समेत गरेको थियो । यधपी काँग्रेस पार्टीबाट राजाराम महतो बागी उम्मेदवार बन्दा र गठबन्धन भित्रको अन्तरघातले गठबन्धन पराजित भएको थियो ।
Sponsored