जनकपुरधामका मेयरको घर अगाडि सफाइ कर्मचारीको प्रदर्शन
टुडेपाटी–
जनकपुरधाम, चैत २७ गते ।
सफाइ कर्मचारीहरुले जनकपुरधाम उपमहानगरपालिकाका मेयरको घर अगाडि प्रदर्शन गरेका छन् ।
आइतवार सफाइ कर्मचारीहरुले आफुहरुलाई काममा लगाएर पूनः हटाएपछि नगर प्रमुख लालकिशोर साहको निवास अगाडि धर्ना दिएका छन् ।
जनकपुरधाम–४ स्थित मेयर साहको घर अगाडि तिनीहरुले धर्ना दिएका छन् ।
आफूसँग नगर प्रमुख साहले अन्याय गरेको आरोप लगाउँदै सफाइ कर्मचारीहरुले साहविरुद्ध नारावाजीसमेत गरेका थिए ।
घर अगाडि नै सफाइ कर्मचारीहरुले नारावाजी गर्दै धर्ना दिएपछि मेयर साह घण्टौं निवासबाट बाहिन निस्कन सकेका थिएनन् ।
Sponsored
जनकपुरधाम फोहोर रहेको भन्दै पटक पटक आन्दोलन हुँदै आएको छ । जनकपुरधामको चोक–चोकमा फोहोर थुपारिएर राखिएको हुन्छ् ।