जनकपुरधामको मेयरका लागि एमालेबाट हिरा सिफारिस
टुडेपाटी-
काठमाडौं, चैत २७ गते ।
जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा एमालेले शिवशंकर साह (हिरा)लाई सिफारिस गरेको छ ।
एमालेले हिराको एकल नाम सिफारिस गरेको हो ।
नेकपा एमालेको मधेश प्रदेश कमिटी सदस्यसमेत रहेका साहलाई आगामी बैशाख ३० गते हुने निर्वाचनकालागि सिफारिस गरिएको हो ।
आइतवार हिरालाई सर्वसम्मत रुपमा सिफारिस गरिएको हो ।
Sponsored