युवा सञ्जाल धनुषाको अध्यक्षमा कुलदिप चयन
टुडेपाटी–
जनकपुरधाम, चैत २६ गते ।
जिल्ला युवा सञ्जाल धनुषाको अध्यक्षमा कुलदिप साह चयन भएका छन् । शनिवार सञ्जालको विशेष सधारण सभाबाट कुलदिपको नेतृत्वमा ९ सदस्यी समिति चयन गरिएको छ ।
कुलदिपको अध्यक्षतामा चयन भएको सञ्जालको उपाध्यक्षमा देव महतो, महासचिवमा ओम प्रकाश मण्डल, सचिवमा आनन्द सहनी र कोषाध्यक्षमा खुश्बु कुमारी साह चयन भएका छन् ।
त्यस्तै सदस्यहरुमा इनद्रभुषन यादव, बुधेश्वर रजक, सीमा यादव, बजरंग शर्मा र प्रतिभा मण्डल चयन भएको अध्यक्ष कुलदिप साहले जानकारी दिए ।
नयाँ कार्यसमितिलाई निवर्तमान अध्यक्ष धिरज साहले अबिर तथा माला लगाई पद हस्तारण गरेका छन् ।
नव नियुक्त अध्यक्ष कुलदिपले जिल्लामा सामान उद्देश्य राखि छिटफुट भइ काम गरिरहेका युवाहरुलाई एक जुट गरी अगाडि बढ्न आग्रह गरे ।
२०७४ सालमा जिल्लाका सक्रिय युवाहरुको समुहले जिल्ला युवा सञ्जाल धनुषा गठन गरेको थियो । सञ्जाल जिल्लामा युवा सशक्तीकरण, मानव अधिकार, महिला हिंसा सरसफाइ, रक्तदान, युवा बहस लगायतका कार्यक्रम गर्दै आएको छ । सञ्जाल २०७५ सालमा आएर जिल्ला प्रशासन कार्यालय धनुषामा दर्ता भएको हो ।
Sponsored