महोत्तरीमा २ हजार ४७६ जना भए म्यादी प्रहरी
टुडेपाटी–
महोत्तरी, चैत २६ गते ।
आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको लागी महोत्तरीमा २४ सय ७६ जना म्यादी प्रहरी छनोट गरिएको छ ।
जिल्लामा ८ हजार ५५ जनाले आवेदन दिएकोमा २४ सय ७६ जनालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
कूल आवेदन मध्ये ८ सय जना महिला र बाँकी पुरुषले आवेदन दिएका थिए ।
म्यादी प्रहरीका लागि ८ सय जना महिलाहरूको आवेदन दिएकोमा ४ सय ९८ जना महिलालाई छनोट गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रकाश विष्टले जानकारी दिए।
छनोट भएका १९ सय ७८ जना पुरुष र ४ सय ९८ जना महिलालाई तालिममा सहभागी गराइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।
Sponsored