TodayPati

वीरगंजमा मस्जिदमा लुकेर बसेका १९ जमाती र मौलाना सहित २६ जना पक्राउ

टुडेपाटी-
वीरगंज, चैत ३० गते ।

कोरोना भाइरस संक्रमणको अवधिमा लकडाउनका बाबजुद वीरगंजका मस्जिदमा लुकेर बसेका १९ जमाती सहित २६ जना पक्राउ परेका छन् ।

प्रहरीले पक्राउ गरेका २६ जना मध्ये भारत दिल्लीको मुस्लिम तबलगती भेलामा सहभागी भएका १९ जना भारतीय जमाती समेत रहेका छन् ।

Sponsored

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार पक्राउ पर्नेहरु अन्यमा वीरगन्जका ३ जना मौलाना र भारतबाट पाहुना आइ बसेका ४ जना रहेका छन् ।

उनीहरुलाई वीरगन्जको छपकैया र घुसुकपुरमा रहेका २ वटा मस्जिदबाट शनिबार साँझ नियन्त्रणमा लिएर वीरगन्जको श्रीपुरस्थित सिद्धार्थ माविमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएको पर्साकी प्रहरी उपरिक्षक गंगा पन्तले जानकारी दिइन्।

जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय वीर्ताको प्रहरी टोलीले छपकैयाको मस्जिदबाट ११ र घुसुकपुरको मस्जिदबाट १५ गरी २६ जनालाई नियन्त्रणमा लिएर प्रहरीको स्कटिङमा क्वारेन्टाइनमा पुर्‍याएको उनले बताइन्।

Sponsored

यसअघि गत शुक्रबार साँझ छपकैयाकै मस्जिदबाट नियन्त्रणमा लिएर नारायणी अस्पतालको आइसोलेसनमा राखिएका ३ जना भारतीय मुस्लिम जमातीमा कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *