TodayPati

दिल्लीमा ९ सय बढी मानिसमा कोरोना सङ्क्रमण पुष्टि

टुडेपाटी-
जनकपुरधाम, चैत ३० गते ।

भारतको दिल्लीमा मात्रै ९ सय भन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतको स्वास्थ्य विभागका अनुसार अहिलेसम्म ८ हजार ३ सय ५६ जनामा कोरोना पुष्टि भएकोमा दिल्लीमा मात्रै ९ सय ३ जनामा कोरोना पुष्टि भएको छ । सबैभन्दा धेरै महाराष्ट्रमा १७ सय ६१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

तामिलनाडु, राजस्थान, मध्य प्रदेश र तेलंगनामा धेरै सङ्क्रमित रहेका विभागले जनाएको छ । भारतमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण २ सय ७३ जनाको ज्यान गएको छ भने ७ सय १६ जना उपचारपछि निको भएका छन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *