TodayPati

सामी परियोजना अन्तर्गत सञ्चालित केन्द्र र मनोपरामर्श कक्षाको अनुगमन

टुडेपाटी–
जनकपुरधाम २२ गते ।

जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले सामी परियोजना अन्तर्गत सञ्चालनमा रहेको आप्रवाशी स्रोत केन्द्र र बितिय साक्षरता तथा मनोपरामर्श कक्षाको अनुगमन गरेका छन् ।

मंगलवार मित्र धनुषाद्वारा सञ्चालित सामी परियोजना अन्तर्गत जिल्ला प्रशासन कार्यालय धनुषाको हाता भित्र सञ्चालित आप्रवाशी स्रोत केन्द्र तथा जनकपुरधाम–२५ लोहनामा सञ्चालित बितिय साक्षरता तथा मनोपरामर्श कक्षाको अनुगमन गरिएको हो ।

Sponsored

जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिताकुमारी मिश्र तथा प्रमुख प्रशासकिय अधिकृत प्रधुम्न प्रसाद उपाध्यायले अनुगमन गरेका हुन् ।

केन्द्रले सूचनामा पहुँच, सीपमा पहुँच, न्यायमा पहुँच लगायतका सेवाहरु गर्दै आएको छ । राहदानी बनाउन आउने सबै सेवाग्रहीलाई केन्द्रबाट अनिवार्य परामर्श दिने तथा एक महिने निशुल्क सीप तालिम प्रदान गरिरहेको छ ।

उप प्रमुख मिश्रले बिप्रेशन प्राप्त गरि रहेका महिलाहरु लक्ष्मीका रुप रहेको र महिला चाहे कुनै पनि घरको उन्नति हुन् सक्ने भन्दै बिप्रेषणको उचित प्रयोग, बचत गर्ने वानीको विकास गर्दै आर्थिक रुपमा सबल बन्न यो कक्षा महत्वपुर्ण रहेको बताइन् ।

Sponsored

त्यस्तै लोहनामा संचालनमा रहेको बितिय साक्षरता तथा मनो सामाजिक परामर्श कक्षाको १५ औँ सत्र बचत गर्ने प्रचलित तरिका अनुगमनको क्रममा प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले बिप्रेशनलाई शिक्षा पहिलो, स्वाथ्य दोस्रो र त्यसपछि मात्र अन्य काममा खर्च गर्नु पर्दछ भनी सुझाब दिएका थिए । उनले विदेशबाट पठाइएको रकमलाई उत्पादन मुलक काममा लगानी गर्नु पर्ने बताए ।

आगामी दिनमा महिलाहरुको लागि बिभिन्न किसिमका तालिम तथा अन्य कार्यक्रम ल्याउने परियोजनाका कर्मचारी बसन्त कर्णले जानकारी दिए । उक्त परामर्श कक्षामा २५ जना सहभागी रहेका थिए ।

अनुगमनको क्रममा परियोजना संयोजक अनिरुद्ध मुखिया, कार्यक्रम अधिकृत देव नारायण मण्डल, वितिय सहजकर्ता शंकर सहनी, मनोसामाजिक परामर्शकर्ता सरिता यादवसहितको उपस्थिती रहेको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *