TodayPati

मधेश प्रदेश : नयाँ वर्ष २०७९ मा ११ दिन सार्वजनिक विदा, कुन-कुन दिन ?

टुडेपाटी-
जनकपुरधाम, चैत २२ गते ।

आगामी नयाँ वर्ष २०७९ का लागि मधेश प्रदेश सरकारले ११ दिन सार्वजनिक विदा निर्धारण गरेको छ ।

मधेश सरकारको मन्त्री परिषद बैठकले विभिन्न अवसरमा वर्ष भरिमा ११ दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि राजपत्रमा प्रकाशन गरेको हो ।

Sponsored

राजपत्रमा प्रकाशित विदाहरुमा नयाँ वर्ष २०७९ को अवसरमा वैशाख २ गते जुडसितलको सिरुवा पानी र वैशाख २७ गते जानकी नवमी रहेको छ ।

यस्तै इस्लाम धर्मावलम्वीहरुको ईद उल अजहा, इद उलफित्र र पैगम्बर मोहम्मदको जन्मदिको सार्वजनिक विदाको दिनको मिति किटान गरिएको छैन । सो दिन परेको खण्डमा विदा दिइने उल्लेख छ ।

त्यस्तै छठ पर्वको भोलि पल्ट पारनको दिन कार्तिक १४ गते, सीताराम विवाहपञ्चमीको अवसरमा मंसिर १२ गते, बलिदानी दिवसको अवसरमा माघ ५ गते, जनयुद्ध दिवसमा फागुन १ गते, होली पर्वको अवसरमा फागुन २४ गते र रामनवमीमा चैत १६ गते सार्वजनिक विदा प्रदेश सरकारले निर्धारण गरेको राजपत्रमा उल्लेख छ ।

Sponsored

संघीय सरकारको अतिरिक्त मधेश सरकारले २०७९ को वर्ष भरिका लागि ९ दिन सार्वजनिक विदा छुट्टै दिएको छ ।

वैशाख १ गतेदेखि चैत मसान्तसम्म ९ वटा सार्वजनिक विदा निर्धारण भने प्रदेश सरकारको छुट्टै गरेको आन्तरिक मामिला तथा संचार मन्त्रालयका सचिव रामकुमार महतोले टुडेपाटीलाई बताए ।

जसमा २०७८ का लागि प्रदेश सरकारले निर्धारण गरेको इस्लाम धर्माबलम्वीहरुको पर्व बकर ईद (ईद उल अजहा) र ईद उल फित्र)को सार्वजनिक विदा यस वर्ष संघीय सरकारले पनि आफ्नो क्यालेण्डमा राखेको छ ।

No description available.
No description available.
No description available.

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *