TodayPati

रेलमार्गमा लगानी गर्दा नेपालीहरू झन् समस्यामा पर्न सक्छ : प्रधानमन्त्री देउवा

टुडेपाटी–
काठमाडौं, चैत २२ गते ।

प्रधानमन्त्री शेरबहादुर देउवाले रेलमार्गमा लगानी गर्दा नेपालीहरु थप समस्यामा पर्न सक्ने बताएका छन् ।

उनले अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेलमार्ग बनाउन सकिने बताए ।

Sponsored

मंगलवार काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाह उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले रेलमार्गमा लगानी गर्ने हो भने नेपालीहरू झन् समस्यामा पर्न सक्ने बताए ।

व्यापार घाटा बढ्दो रहेकोले अहिलेकै अवस्थामा रेलमार्ग बनाउन गाह्रो हुने उनले बताएका हुन् ।

प्रधानमन्त्री देउवाले कुनै दातृ राष्ट्रको अनुदान वा सस्तो ब्याजदरमा ऋण लिन सक्ने हो भने मात्र रेलवे बनाउन सकिने र त्यो फाइदाजनक पनि हुने बताए ।

Sponsored

देउवाले नेपालमा व्यापारघाटा बढेकोले रेलमार्ग बनाउनेजस्ता काम अहिले गर्न नसकिने भने ।

प्रधानमन्त्री देउवाले व्यापार घाटा बढेकाले रेलमार्ग बनाएर थप समस्यामा पर्नुहुन्न भने ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *