जनकपुरको बाह्रबिघा मैदान कुरुप : उपमहानगरले ‘बट्टी’ असुल्यो, तर गरेन सरसफाइ
टुडेपाटी-
जनकपुरधाम, चैत १० गते ।
जनकपुरधामको धार्मिक तथा ऐतिहासिक स्थल रंगभूमि मैदान बाह्रविघा एकसातादेखि कुरुप बनेको छ । तर सरसफाइ गर्न जनकपुरधाम उपमहानगरपालिकाले कुनै चाँसो देखाएको छैन ।
चैत ३ गते १५ दिने मिथिला मध्यमा परिक्रमा जनकपुरधाम आइपुग्दा बाह्रविघा मैदानमा बास बसेको थियो । सो दिन भएको फोहोरले एकसातादेखि बाह्रविघा मैदान कुरुप भएर हेरिनसक्नु छ ।
जवकी परिक्रमा आउँदा जनकपुरधाम उपमहानगरपालिका कार्यालयले बाह्रविघा मैदानमा व्यवसायीबाट जबर्जस्ती कर (बट्टी) असुलेको थियो ।
तर, सरसफाई भने अहिलेसम्म ध्यान दिएको छैन । बाह्रबिघा मैदान फोहोरले कुरुप देख्दा बाहिरबाट आउने श्रद्धालुभक्तजन तथा पर्यटक खिन्न हुने गरेका छन् ।
उनीहरु मार्फत जनकपुरधामको विषयमा नकरात्मक संदेश जाने गरेको छ ।
Sponsored