TodayPati

सर्लाहीबाट लागुऔषध सहित भारतीय युवक पक्राउ

टुडेपाटी–
सर्लाही, चैत १० गते ।

सर्लाहीमा लागुऔषध सहित एकजना भारतीय युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला मधुवनी ग्राम पोष्ट बिरौल थाना खजौली वडा नं १३ का २४ वर्षीय उमेश कुमार सिंह रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Sponsored

बुधवार राति करिब ८ बजे जिल्लाको पर्सा गाउँपालिका–६ स्थित प्रहरी चौकी पर्साबाट खटेको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा प्रदेश ३–०२–०११ प ७०३२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा सिंहलाई पक्राउ गरिएको प्रवक्ता माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

सिंहको साथबाट लागुऔषध कोडिवेल सय एमएलको १ सय बोतल र डाइलेक्स डिसी ५० बोतल बरामद गरिएको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *