धनुषा : भारत तर्फ लग्दै गरेको मदिरा बरामद
टुडेपाटी–
जनकपुरधाम, चैत ८ गते ।
धनुषामा भारत तर्फ लग्दै गरेको मदिरा सशस्त्र प्रहरीले बरामद गरेका छन् ।
जिल्लाको जनकनन्दिनी गाउँपालिका वडा नं. १ इनर्वा स्थित बोर्डर इलाकाबाट नेपालबाट भारत तर्फ लग्दै गरेको तीन लाख भन्दा बढीको मदिरा बरामद गरेको सशस्त्र प्रहरी धनुषाले जनाएको छ ।
गोप्य सूचनाको आधारमा सशस्त्र प्रहरीको टोलीले ६ वटा मोटरसाइकल तथा सोफी मदिरा २ सय ७ कार्टुन, भर्जिन मदिरा ७ कार्टुन, ब्लाक ओके मदिरा ९ कार्टुन गरी ३ लाख १० हजार ६ सय बराबरको मदिरा बरामद गरेको छ ।
बरामद गरेको मदिरा तथा मोटरसाइकल आन्तरिक राजश्व राजश्व कार्यालयमा बुझाउन लागेको सशस्त्र प्रहरीले जनाएका छन् ।
मोटरसाइकल चलाउने चालकहरु भने फरार भएका छन् ।
Sponsored