TodayPati

मनोनयनअघि नै जनप्रतिनिधिले राजीनामा दिनु नपर्ने

टुडेपाटी-
काठमाडौं, चैत ८ गते ।

सर्वोच्च अदालतले स्थानीय तह निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने निर्वाचन आचारसंहिताको प्रावधान तत्काल कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका जनप्रतिनिधिले पदमा वहाल रहेर स्थानीय तहको अध्यक्ष निमा ग्याल्जेन शेर्पाले निर्वाचनमा दिएको रिटमा सर्वोच्चले यस्तो आदेश दिएको छ ।

Sponsored

अध्यक्ष शेर्पाले प्रतिस्पर्धा गर्न पाउनुपर्ने माग गर्दै निर्वाचन आयोगलगायतका निकायलाई विपक्षी बनाएर सर्वोच्चमा रिट दिएका थिए ।

मंगलबार रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले निर्वाचन आचारसंहिताको सो व्यवस्था १३ चैतसम्म कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।

त्यो दिन रिट निवेदक र विपक्षी दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *