श्रीलंकाका पेट्रोल पम्पहरुमा सैनिक तैनाथ
एजेन्सी–
कोलोम्बो, चैत ८ गते ।
श्रीलंका सरकारले पेट्रोल पम्पहरूमा सेना पठाउन आदेश दिएको छ ।
श्रीलंकामा अहिले ७० वर्षयताकै सबैभन्दा खराब इन्धन संकट भइरहेको छ । हिन्दुस्तान टाइम्सका अनुसार सरकारले सेनालाई पेट्रोल पम्पहरूमा पठाउन आदेश दिएको हो।
सरकारको आदेश पश्चात मंगलबार श्रीलंकाका सयौं पेट्रोल पम्पमा सैनिक परिचालन भएका छन् । हरेक पेट्रोल पम्पमा कम्तीमा दुई जना सैनिक खटिने सेनाले जनाएको छ।
अहिले श्रीलंकामा पेट्रोल र मट्टीतेल लिन घन्टौं लाइन बस्नुपर्ने बाध्यता छ। केही दिनअघि लाइनमा उभिँदाउभिँदै दुई जना वृद्धको मृत्यु भएको थियो ।
श्रीलंका अहिले इतिहासकै गहिरो आर्थिक संकटमा फसेको छ। श्रीलंका विद्यालयको परीक्षा गर्न प्रश्न छाप्ने र उत्तर पुस्तिकाका लागि कागज किन्न नसक्ने अवस्थामा पुगेको छ।
Sponsored