TodayPati

जब नारी विकास केन्द्र पुगिन ब्रिटिश राजदूत पोलिट

टुडेपाटी–
जनकपुरधाम, चैत ७ गते ।

नेपालका लागि ब्रिटिश राजदूत निकोला पोलिट जनकपुरधाम स्थित नारी विकास केन्द्रको अवलोकन गरेकी हुन् ।

सोमबार जनकपुरधामस्थित नारी विकास केन्द्र पुगेकी राजदूत पोलिटले स्थानीय महिला चित्रकारसँग करिब एक घण्टा कुराकानी गरेकी हुन् ।

Sponsored

राजदूत पोलिटले महिलाको विकास र आत्मनिर्भरताका लागि मिथिला चित्रकलाको बजारिकरण, व्यवसायीकरण र व्यवस्थापन अपरिहार्य रहेको बताइन् । उनले मिथिला चित्रकलाको प्रचारप्रसारका लागि आफु सक्दो चाँडै काम गर्ने बताईन् ।

राजदूत पोलिटसँगै केन्द्रमा अवलोकनका लागि पुगेकी जनकपुरधाम उपमहानगरपालिकाकी उपप्रमुख रिता झाले पछिल्लो समय मिथिला चित्रकलाको व्यापार फस्टाएको बताइन् । उनले जुन प्रकारले प्रदेश र स्थानीय सरकारले मिथिला चित्रकलाको लागि योजना ल्याउनुपर्ने थियो त्यो ल्याउन नसकेको स्वीकार समेत गरिन् ।

त्यसैगरी जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले मिथिला चित्रकला विश्वमै परिचित भएपनि यसको व्यवसायीकरण तथा बजारिकरणका लागि पूर्वाधार निर्माण गरिनु अहिलेको प्रमुख आवश्यकता रहेकोमा जोड दिए ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *