TodayPati

मोडर्ना खोप लगाउँदा धनुषाको एउटै विद्यालयका १० विद्यार्थी बेहोस, अस्पताल भर्ना

टुडपाटी-
जनकपुरधाम, चैत ७ गते ।

कोरोना भाइरसविरुद्धको मोडर्ना खोप लगाउँदा धनुषामा एउटै विद्यालयका १० जना विद्यार्थी सिकिस्त भएका छन् ।

धनुषाको धनुषाधाम नगरपालिका ७ स्थित मेरी गोल्ड सेकेण्ड्री बोर्डिंग स्कुलका १० जना विद्यार्थी सिकिस्त बिरामी परेका हुन् ।

Sponsored

उनीहरुलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ ।

जस मध्ये चारजना बढी सिकिस्त छन् । अत्यधिक टाउको दुख्ने, रिंगटा लाग्ने, श्वासप्रश्वासमा समस्या भएर एकाएक बेहोस् हुने जस्ता लक्षण उनीहरुमा देखिएको विद्यालयका शिक्षक इन्ददीप साहले बताए ।

सिकिस्त विद्यार्थीहरु ६ कक्षाभन्दा माथिका छन् । ‘आइतबार दिउँसो विद्यालयका झण्डै ३ सय विद्यार्थीलाई कोरोना विरुद्धको मोडर्ना खोप लगाइएको थियो । आज बिहान १० बजे विद्यालय आउँदा एकाएक १४ जना विद्यार्थी बेहोस भए’ उनले टुडेपाटीसंग भने ‘जस मध्ये १० जना बढी सिकिस्त छन् । चारजनाको स्थानीय स्तरमै उपचार पश्चात घर फर्किसकेका छन् ।’

Sponsored

धनुषाधाम नगरपालिका वडा नं. ८ का हेल्थपोस्टका स्वास्थ्यकर्मी विद्यालय पुगेर विद्यार्थीहरुलाई खोप लगाएका थिए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *