प्रचण्ड भोली जनकपुरधाम आउँदै
टुडेपाटी–
जनकपुरधाम, चैत ७ गते ।
स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा विभिन्न दलका शिर्ष नेताहरु मधेश झर्न थालेका छन् ।
सोही क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड जनकपुरधाम आउन लागेका हुन् । माओवादी केन्द्रको प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम प्रचण्ड जनकपुरधाम आउन लागेका हुन् ।
मंगलबार हुन लागेको प्रदेश स्तरीय राजनीतिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएका हुन् ।
जनकपुरधाममा पहिलो पटक हुन लागेको प्रशिक्षण कार्यक्रममा करिब २ हजार ५ सय जना नेता तथा कार्यकर्ताहरुको सहभागिता रहने माओवादी केन्द्र मधेश प्रदेशका अध्यक्ष प्रह्लाद बुढाथोकीले जानकारी दिए ।
यस प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रको मधेश प्रदेशमा रहेका केन्द्रिय सदस्यहरु, प्रदेश समितिका प्रतिनिधिहरु, जिल्ला समितिका प्रतिनिधि, जनवर्गिय संगठनका प्रतिनिधिलगायतकाहरुको सहभागि रहने जनाइएको छ ।
Sponsored