TodayPati

मधेश प्रदेशमा गत वर्ष मात्र ६७४ नयाँ कुष्ठरोगी फेला

टुडेपाटी–
जनकपुरधाम, फागुन २९ गते ।

मधेश प्रदेशमा गत वर्ष ६ सय भन्दा बढी कृष्ठरोगी भेटेका छन् ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य व्यवस्थापन सूचना केन्द्र (एचएमआईएस) का अनुसार गत आर्थिक वर्ष ०७७/०७८ मा मधेस प्रदेशका १ सय ३६ नगरपालिकामा ६ सय ७४ नयाँ कुष्ठरोगी भेटेको हो ।

Sponsored

यो कुल संक्रमित संख्याको ३४ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष ०७५÷०७६ मा देशभर ३ हजार २ सय ८२ नयाँ रोगी भेटिएकामा मधेश प्रदेशका ४५ प्रतिशत अर्थात् १ हजार ४ सय ८४ जना रहेका थिए ।

मधेश प्रदेशमा धनुषा र महोत्तरीमा कुष्ठरोगीको संख्या धेरै छ ।

Sponsored

‘एनएलआर नेपाल’ का उपनिर्देशक नन्द बाँस्तोलाले पछिल्लो १३ वर्षमा धनुषामा १ सय ७५ बालबालिकासहित १ हजार ६ सय २६ जना र महोत्तरीमा २ सय १८ बालबालिकासहित १ हजार ७ सय ७५ जना कुष्ठरोगका बिरामी भेटिएको तथ्यांक प्रस्तुत गरेका हुन् ।

सोमबार जनकपुरधाममा आयोजित जिल्लास्तरीय कुष्ठरोगसम्बन्धी योजना तर्जुमा तथा अभिमुखीकरण कार्यक्रममा उनले उक्त तथ्यांक सुनाएका थिए ।

उनले सन् २०२५ सम्ममा महोत्तरी र धनुषामा कुष्ठरोगको संक्रमणलाई ५० प्रतिशतले र सन् २०३० सम्ममा ९५ प्रतिशतभन्दा बढी न्यूनीकरण गर्ने लक्ष्य लिइएको पनि बताए ।

मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख विजय झाले नीति र रणनीति कमजोर हुँदा ४ हजार वर्ष पुरानो कुष्ठरोग अझै नियन्त्रण हुन नसकेको बताए ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *