TodayPati

नेपाली कांग्रेस धनुषाको पदाधिकारीमा निधि समूहको वर्चस्व

टुडेपाटी–
जनकपुरधाम फागुन २९ गते ।

नेपाली कांग्रेस धनुषाको नयाँ नेतृत्वका लागि भएको मतदानमा विमलेन्द्र निधि समूहको वर्चस्व कायम रहेको छ ।

प्रदेशमा निधि समूह पराजित भएपनि जिल्लामा हालसम्म मतगणना भएको सिटमा निधि समूहले जित हात पारेका छन् ।

Sponsored

हालसम्म भएको मतगणनामा सभापति, उपसभापति र सचिवमा निधि समूहका सबै उम्मेदवारले जित हासिल गरेका छन् ।

निधि समूहबाट उपसभापतिमा गणेश झा र लक्ष्मी नारायण यादव निर्वाचित भएका छन् । झाले १ हजार १४९ र यादवले १ हजार २५४ मत ल्याएका हुन् ।

देउवा समूहका तर्फबाट उपसभापति पदका उम्मेदवार रहेका सुरेन्द्र प्रसाद मुन्नाले ७९८ र रामसोभित दाहा धानुकले ७६५ मत प्राप्त गरेका हुन् ।

Sponsored

त्यस्तै, उपसभापतिका शेखर कोइराला समूहका उम्मेदवार गणेश प्रसाद जयसवालले ७०८ र हरिशंकर साहले ५९६ मत पाएका छन् ।

सचिव पदमा निधि समूहकै कन्हैया कुमार कर्ण र देबेन्द्र कुमार भरखेर विजयी भएका हुन् । कर्णले १ हजार १६० र भरखेरले १ हजार १७७ मत ल्याएका छन् ।

देउवा समूहका धिरेन्द्र मोहन झाले ८३३ र शिवशंकर गोइत साधुले ८३२ मत प्राप्त गरेका छन् ।

सभापतिका लागि पहिलो चरणमा टुङ्गो नलागेपछि दोस्रो चरणमा निर्वाचन हुँदा निधि समूहका पजियारले देउवा समूहका सन्तोष यादवलाई ६८९ मतान्तरले पराजित गर्दै जिल्ला सभापति चयन भएका थिए ।

दोस्रो चरणको मतदानमा पजियारले १ हजार ७३५ मत पाएका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी सन्तोषले १ हजार ४६ मत पाएका थिए । अहिले सहसचिवको मतगणना जारी रहेको छ ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *