TodayPati

भंगहामा भोली सार्वजनिक बिदा

टुडेपाटी–
महोत्तरी, फागुन २५ गते ।

मिथिला मध्यमा परिक्रमा यात्रीहरुको स्वागतका लागि महोत्तरीको भंगहा नगरपालिकाले नगरभित्र बिहीबार सार्वजनिक बिदा दिएको छ ।

मिथिला मध्यमा परिक्रमा अन्तर्गत सातौं दिन भंगहा–९ स्थित कञ्चनवनमा परिक्रमा यात्रीको टोली पुग्नेभएपछि स्वागतमा सार्वजनिक विदा दिइएको हो ।

Sponsored

१५ दिवसीय मिथिला माध्यमिकी परिक्रमा सातौं दिन बिहीबार कञ्चनवनमा विश्राम गर्ने हुँदा नगरभर सार्वजनिक बिदा दिइएको नगरप्रमुख संजिव साहले जानकारी दिए ।

बिहीबार भंगहा नगरकार्यपालिकाको कार्यालय, सबै वडा कार्यालय, स्वास्थ्य चौकी (इमरजेन्सी सेवाबाहेक), विद्यालय र सार्वजनिक संघ–संस्था बन्द रहने सूचना जारी गरिएको छ ।

कञ्चनवनमा प्रत्येक वर्ष ‘कञ्चनवन होली महोत्सव’को आयोजना हुँदै आएको छ ।

Sponsored

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित कचुरी मठबाट डोलासहित परिक्रमा यात्रीहरु हनुमानगढीमा प्रस्थान गरेपछि मिथिला परिक्रमा आरम्भ भएको मानिन्छ ।

यस अघि महोत्तरीकै मटिहानी नगरपालिकाले परिक्रमा यात्रीहरुका लागि सार्वजनिक विदा दिएको थियो ।

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *