TodayPati

एमसिसी पास गरेको भन्दै माओवादी केन्द्रको जिल्ला संयोजक सहित पाँचजनाले छाडे पार्टी

टुडेपाटी–
जनकपुरधाम, फागुन २५ गते ।

नेकपा माओवादी केन्द्र महोत्तरीका जिल्ला संयोजक सहित पाँचजना नेताले पार्टी छाडेका छन् ।

एमसिसी पास गरेर देशको राष्ट्रियता, राष्ट्रिय सार्वभौमिकता र नेपाली जनताको भावनासंग खेलवाड गरेको भन्दै उनिहरूले पार्टी परित्याग गरेका हुन् ।

Sponsored

माओवादी केन्द्र मधेस प्रदेशका सदस्य समेत रहेका महोत्तरी जिल्ला संयोजक तुलसी प्रसाद ढुङ्गाना, प्रदेश सदस्य रामबहादुर राना, बर्दिवास–३ का वडाध्यक्ष राजन प्रसाद ढुङ्गाना, अखिल नेपाल महिला संघ क्रान्तीकारीका केन्द्रिय सदस्य उर्मिला कार्की र बर्दिबास नगरपालिका वडा नम्बर–३ का वडा कमिटी अध्यक्ष नरबहादुर खनालले पार्टी परित्याग गरेको एक विज्ञप्तीमार्फत जानकारी गराएका हुन् ।

उनीहरुले एमसिसी पास गर्न नेकपा माओवादी केन्द्रको नेतृत्वदायि भुमिका रहेको हुँदा आफुहरु पार्टीको साधारण सदस्य समेत नरहने गरी दल त्याग गरेको घोषणा गरेका हुन् ।

Sponsored

टुडेपाटी

‘जनताको सँच्चा पहरेदार, ताजा–ताजा समाचार’ - टुडेपाटी

Leave a Reply

Your email address will not be published. Required fields are marked *