महोत्तरीमा असईले प्रहरी जवानमाथि गरे निर्घात कुटे
टुडेपाटी-
महोत्तरी, फागुन २३ गते ।
महोत्तरीमा एक प्रहरी जवान आफ्नै इन्चार्जबाट निर्घात कुटिएका छन् ।
जलेश्वर नगरपालिकास्थित अस्थायी प्रहरी पोष्टका इन्चार्ज मोतीराम महतोले सोही प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान जयनारायण पटेललाई निर्घात कुटपिट गरेका हुन् ।
शनिबार बिहान ९ बजे खाना पकाइरहेका बेला असई महतोले एक्कासी प्रहरी जवान पटेलमाथि कुटपिट गरेका छन् ।
नेपाली कांग्रेस महोत्तरीको जिल्ला अधिवेशनमा सो अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरीलाई होटलमै खानाका लागि कुपन उपलब्ध गराइएको थियो । तर प्रहरी जवान पटेललाई सो विषयमा जानकारी नै थिएन् ।
खाना पकाउन आलुको भुजिया काट्दै गरेको बेला असई महतो एक्कासी प्रहरी जवान पटेलमाथि जाइलागेका थिए । एक्कासी आएर आफूलाई अभद्र गालीगलौज गर्दै मुक्का, खुट्टा र लठीले निर्घात रुपमा कटपिट गरेको प्रहरी जवान पटेलले दुखेसो पोखे ।
Sponsored
असई महतोले कामको दबाबाले तनावमा रहेकाले आफूले प्रहरी जवान पटेलमाथि कुटपिट गरेको स्वीकार गरेका छन् । उनले कुटपिट गरेकामा आफूलाई पछुतो रहेको प्रतिक्रिया दिए । उनले गालीगलौज गर्दै एक लठी हिर्काउनु बाहेक केही नगरेको दावी गरे ।
असई महतोल ‘खाना पकाउने ड्युटी प्रहरी जवान पटेलकै रहेको बताउँदै कति दिन आफूलाई भोकै सुत्नु परेको गुनासो गरे । उनको विषयमा एसपी कहाँ कयौंपटक मौखिक गुनासो गर्दा पनि गरेकबो असई महतोको भनाइ छ ।
जलेश्वर नगरपालिकास्थित सो अस्थायी प्रहरी पोष्टमा हाल एक जना असई, २ हवल्दार र ५ जना प्रहरी जवानहरु कार्यरत छन् ।